नेपाल इन्स्योरेन्स लिमिटेड (NICL) ले चैत २७ गते ७२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले चैत २७ गते, शुक्रबार, एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौँमा साधारण सभा बोलाएको हो ।
सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रसताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित चुक्ता पूँजीको २ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन, आव २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरूमाथि छलफल गरि पारित हुनेछ ।
यस्तै रिक्त रहेको एक जना पदमा संस्थापक शेयरधनी विशाल मिनरल्स एण्ड माइन्स प्रालिका प्रतिनिधि बिष्णु खेतान अग्रवाललाई बाँकी कार्यकालका लागि गरिएको नियुक्तिलाई अनुमोदन गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ नेपाल इन्स्योरेन्सले चैत १७ गतेदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यस अनुसार चैत १६ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम हुन आउने शेयरधनीहरुले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया