आइएमई जनरल इन्स्योरेन्सले हकप्रदबाट पूँजीवृद्धि गर्ने

0
Shares

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले हकप्रदबाट पूँजीवृद्धि गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित बोनसपछि कायम हुने पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले वैशाख १२ गते केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजे २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारण सभाको लागि कम्पनीले २०७८ वैशाख २ गतेदेखि शेयर दाखिला खारेजी ( बुकक्लोज) गर्ने मिति तोकेको छ । यसअनुसार चैत ३१ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् । बैशाख १ गते नयाँ वर्षको सार्वजनिक विदा भएका कारण चैत ३१ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन ।

उक्त बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पुँजीको ४०५ हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा रहेको छ ।

सभा मार्फत कम्पनीको शेयर संरचना पनि परिवर्तन गर्ने प्रस्ताव गरेको छ । हाल कायम संस्थापक शेयर स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशतमा घटाउने र सर्वसाधरणको शेयर स्वामित्व ४० बाट बढाएर ४९ प्रतिशत पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा कृष्ण प्रसाद शर्मालाई नियुक्त गरिएको निणर्यलाई अनुमोदन पनि गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।