कोटा पुगेपछि केराउ, छोकडा, मरिच र सुपारी आयातमा पुन:बन्देज

-नोटबजार संवाददाता।
काठमाडौं।
२बैशाख, २०७८, बिहीबार / Apr 15, 2021 14:26:pm

सरकारले केराउ, छोकडा, मरिच र सुपारीको कोटा वितरण कार्य स्थगित गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष्ण विभागले कोटा पूरा भएपछि स्थगित गरेको जनाएको छ।

सरकारले गत चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गर्दै केराउ, छोकडा, मरिच र सुपारी परिमाणात्मक रुपमा आयात खुलाएको थियो । त्यसअघि ०७६ चैतदेखि यी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको थियो ।

सरकारले केराउ ८० हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिक टन र छोकडा ५ हजार मेट्रिक टन, त्यस्तै, नधुल्याइएको मरिच वार्षिक १५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी प्रतिबन्ध पुनः खुल्ला गराएको थियो। निर्धारित कोटा कोटा पूरा भएपछि पुनस् स्थगित गरिएको विभागले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments