काठमाडौंको कीर्तिपूर र चन्द्रागिरीमा बर्डफ्लु संक्रमण भेटियो

0
Shares

काठमाडौंको कीर्तिपूर र चन्द्रागिरी बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।

पशु सेवा विभागका अनुसार काठमाडौंको कीर्तिपुरको दुई ठाउँ र चन्द्रागिरीमा व्यवसायीक प्रयोजनका लागि किसानले पालेको टर्की फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

केही महिना अघि काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खुमा पालिएको लोकल कुखुरा र टर्कीमा बर्डफ्लु फेला परेको थियो ।

विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार अस्वभाविक रुपमा टर्की मर्न थालेको सूचना विभागमा आएपछि विभागले संकलन गरेको नमुना केन्द्रीय प्रयोगशालामा पिसिआर विधिबाट परिक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

उनले भने ‘ किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि बुधबार बिहानैदेखि संक्रमण थप फैलन रोक्न तथा निसंक्रमण गर्न प्राविधिक खटाइएको छ । ’

सूचना अधिकारी ढकालले टोलीले त्यस क्षेत्रका करिब ८०० टर्की नष्ट गर्नेछ । पन्छी नष्ट र निसंक्रमण सकिएपछि विस्तृत विवरण आउने उनले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७८, बुधबार  १४ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।