नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आज छैठौं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ ।
इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा बिहान ११ बजेबाट सुरु भई आज सम्पन्न हुने साधारण सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभ्ने/गाभिने प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।
यस्तै दुई लघुवित्तबीच मर्जर प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात स्वीकृत गर्नेछ ।
यसका अलवा सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्तावहरु पनि छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया