जाल्पा लघुवित्तको नाफा २२४% ले बढ्यो, ९ महिनामा ६.२९ करोड नाफा आर्जन

0
Shares

जाल्पा लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा ६ करोड २९ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ करोड ९४ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको लघुवित्तको नाफा २२३.९० प्रतिशतले वृद्धि भएको हो ।

खुद ब्याज आम्दानी, सञ्चालन नाफामा आएको वृद्धिसँगै कम्पनीले ४ करोड ६० लाख ८८ हजार रुपैयाँ खराब कर्जा उठाएकाले नाफा बढेको हो ।

चैत मसान्तसम्ममा कम्पनीले खुद ब्याज आम्दानी ११६.३२ प्रतिशत र सञ्चालन नाफा १०१.०५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले १७ करोड ५ लाख खुद ब्याज आम्दानी र ५ करोड ३८ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

सर्वसाधारणमा ५ लाख २२ हजार कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको कम्पनीको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड ६३ लाख ८७ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । केही समयअघि मात्र महिला सामुदायिक लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०७८, शुक्रबार  १४ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।