जीवन विकास लघुवित्तले सर्वसाधरणमा निष्कासन गरेका आईपीओ बुधबार बाँडफाड भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल नक्साल, नागपोखरी स्थित कार्यालयमा बुधबार बिहान १० बजे उक्त आईपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट, मेरो शेयरको मोबाइल एप, जीवन विकास लघुवित्त र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेभसाइटबाट आईपीओ नतिजा हेर्न सकिन्छ ।
क्यापिटलले आईपीओ बाँडफाँड गरी डेटा प्रशोधनको कार्य अगाडि बढाइरहेको र यो क्रम सकिएसँगै आईपीओ बाँडफाँडको नतिजा प्रकाशन हुने जनाइएको छ । आईपीओ नतिजा केही घण्टापछि हेर्न सकिने लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा गोलाप्रथाबाट भाग्यमानी १ लाख ८४ हजार ८०१ जना आवेदकले शेयर पाएका छन् । बिक्री प्रबन्धकका अनुसार १ लाख ८४ हजार ८०१ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता शेयर गोलाप्राथबाट १० कित्ता शेयर पाउनेमध्ये ५ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।
जसअनुसार ५ जना भाग्यमानी आवेदकले थप १ कित्ता सहित ११ कित्ताका दरले ५५ कित्ता शेयर पाएका छन् भने १ लाख ८४ हजार ७९६ जना आवेदकले १० कित्ताका दरले १८ लाख ४७ हजार ९६० कित्ता शेयर पाएका छन् ।
आईपीओ नतिजा हेर्न तलका लिङ्क प्रयोग गर्नुहोस्:-
2.आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपी
3. जीवन विकास लघुवित्तका वेवसाइट
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया