
न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँड भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ २ लाख ९ हजार २५० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । आईपीओमा आवेदन गरेर योग्य भएकामध्ये पनि २० लाख ३१ हजार ८८८ जना आवेदकको हात भने खाली भएको छ । यो संख्या कुल सदर आवेदकको ९०.६६ प्रतिशत हो । कुल सदर आवेदकको ९.३४ प्रतिशतले मात्र शेयर पाएका छन् ।
कम्पनीले असोज १५ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन संकलन गरिएको थियो ।

बिक्री प्रबन्धकका अनुसार शेयर खरिदका लागि अन्तिम दिनसम्ममा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १५० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो । जसमध्ये दोहोरो आवेदनका कारण १० हजार ४४२ जना आवेदनबाट परेको १ लाख ४१ हजार ४० कित्ताको आवेदन रद्द भएको छ भने बैंकको सि आश्वा प्रणालीबाट प्राप्त आवेदकमध्ये प्राप्त ३ हजार ५०४ वटा आवेदनबाट परेको ४३ हजार ३० कित्ताको आवेदन रद्द भएको हो । यसरी कुल १३ हजार ९४६ जनाको आवेदकबाट प्राप्त १ लाख ८४ हजार ७० कित्ताको आवेदन रद्द भएको हो ।
ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओमा आवेदन दिएका २२ लाख ४१ ह्जार १३८ वटा आवेदन सदर (बाँडफाँडका लागि योग्य) भएका थिए । उक्त संख्याको आवेदनबाट २ करोड ६९ लाख ५ हजार ८० कित्ता शेयरको खरीद माग परेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया