स्वरोजगार लघुवित्त आशा लघुवित्त र सिभिल लघुवित्तको गत आवको नाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्र लाभं.श पाउने भएकाले तीन लघुवित्तहरुको लाभांश पाउन बिहीबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।
धितोपत्रको दोस्रो बजारमा बुधबार स्वरोजगार लघुवित्तको १ हजार ५७७ रुपैयाँ, आशा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ८४० रुपैयाँ र सिभिल लघुवित्तको १ हजार ३९० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।
स्वरोजगार र आशा लघुवित्तले कात्तिक १२ गते शुक्रबार तथा सिभिल लघुवित्तले १४ गते आइतबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने मिति तोकेका छन् ।
स्वरोजगार लघुवित्तले कात्तिक २७ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे तेह्रौँ वार्षिक साधारण सभा डाकेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पूँजीको २५ प्रतिशत बोनस लाभांश अनुमोदन गर्नेछ ।
त्यसैगरी, अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यतालिका छ ।
आशा लघुवित्तले कात्तिक २७ गते शनिबार फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बिहान १० बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
त्यस्तै आशा र अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा छ ।
त्यसैगरी सिभिल लघुवित्तले कात्तिक २८ गते, आइतबार, बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले सञ्चाल समितिको बैठकले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया