केराउ, सुपारी, छोकडा र मरिच आयातमा इजाजतपत्रको म्यादभित्र सिपमेन्ट गर्नुपर्ने

0
Shares

सरकारले आयातमा परिमाणत्मक बन्देज लगाएका बस्तुहरुको सिपमेन्ट गर्दा अनुमती पाएको म्याद भित्र गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै अनुमतीपत्रको म्यादभित्र सिपमेन्ट गरेमात्र भुक्तानी सुविधा दिने भएको हो ।

सरकारले केराउ, सुपारी, छोकडा, नधुल्याएको मरिच र ५० हजार डलरसम्मका सवारी साधानको आयातमा पुर्ण रुपमा बन्देज गरेको थियो । तर सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि केराउ ८० हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिक टन, छोकडा ५ हजार मेट्रिक टन र अधुल्याउको मरिच १५ हजार मेट्रिक टन मात्र आयात गर्न सकिने व्यवस्था गरेको थियो ।

त्यसका लागि आयातकर्तालाई वाणिज्य विभागले निश्चित अवधि तोकी अनुमतीपत्र प्रदान गरेको छ । त्यो अनुमतीपत्रको म्याद छ महिनाको रहेको छ । उल्लेखित बस्तुहरुको तोकिएको परिमाण आयात गर्दा इजाजत पत्रमा लेखिएको म्यादको ६ महिना भित्र सिपमेन्ट गर्यो भने पेमेन्ट दिन पाइने र त्यो समयभन्दा पछि सिपमेन्ट गरेको खण्डमा पेमेन्ट दिन नपाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार परिमाणत्मक बन्देजको सीमा तोकिएका बस्तुहरुको हकमा कोटा प्राप्त गर्ने आयातकर्ताले त्यस्तो इजाजतपत्रमा उल्लेखित म्यादभित्र बस्तुहरुको चलान गराउने आधारमा आयातका लागि सटही सुविधा उपलब्ध हुने उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।