२५ लघुवित्तले प्रस्ताव गरे लाभांश, औषत लाभांश २५ प्रतिशत नजिक, कुनको कति ?


सञ्चालनमा रहेर नेप्सेमा सूचीकृत लघुवित्त कम्पनीहरु मध्ये २५ वटाले लाभांश प्रस्ताव गरेका छन् । २५ मध्ये १ लघुवित्तले असोजमा नै साधारण सभा सम्पन्न गरिसकेको छ भने ३ वटाले कात्तिक महिनामा र ३ लघुवित्तले मंसिरमा साधारण सभा सम्पन्न गर्ने तयारी गरेका छन् । अरु लघुवित्तले भने साधारण सभाको मिति तय गरिसकेका छैनन् ।

सोमबारसम्ममा २५ लघुवित्त कम्पनीले प्रस्ताव गरेको कुल लाभांशको औषत २४.७६ प्रतिशत छ । जसमा सबैभन्दा धेरै लाभांश महिला लघुवित्तले प्रस्ताव गरेको छ । लघुवित्तले ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी ५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

सबैभन्दा कम लाभांश प्रस्ताव गर्नेमा एनआईसी एशिया लघुवित्त रहेको छ । उसले ५.४१ प्रतिशत नगद लभांश मात्र बितरण गर्ने प्रस्ताव गरेको छ । २५ मध्ये एनआईसी एशिया बाहेकका २४ लघुवित्तले बोनस र नगद दुवै वितरण गर्ने प्रस्ताव गरेका छन् ।

लघुवित्त कम्पनीहरुले प्रस्ताव गरेको लाभांस, साधारण सभाको मिति तथा बुक क्लोजको मितिको बिवरण यस्तो छ ।

फरवार्ड कम्युनिटी, छिमेक, साना किसान, जनउत्थान, स्पर्श, आरएमडिसी, विजय, इन्फिनिटी, निर्धन उत्थान, मिथिला, कालिका, समाज, स्वदेशी, किसान, समिट, ग्रामिण विकास, मानुषी, जीवन विकास लगायतका लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको आम्दानीबाट लगानीकर्तालाई बितरण गर्ने लाभांश प्रस्ताव गरिसकेका छैनन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।