
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको २५ प्रतिशत लाभांश पारित गर्न पुस १५ गते साधारण सभा बोलाएको छ ।
लघुवित्तको मंसिर १३ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा पुस १५ गते बिहान ११ बजे २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभामा असोज २१ गते सम्पन्न भएको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर समेत ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
हाल लघुवित्त कम्पनीको चुक्ता पूँँजी ९४ करोड ३० लाख रहेको छ । १९ प्रतिशत बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लख ७० हजार रुपैयाँ पुग्नेछ ।
नेप्से मार्फत सार्वजनिक सूचनामा लघुवित्तले लाभांश वितरण तथा सभा प्रयोजनका लागि बुक क्लोजको मिति भने उल्लेख गरेको छैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया