एनआरएन इन्फ्रास्टक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी (NRN) को लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । ।

लाभांश र साधारण सभा प्रयोजनार्थ कम्पनीले भोली अर्थात पुस १५ गते बुकक्लोज गर्दैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश पारित सहितका अन्य एजेण्डाहरु पारित गर्न कम्पनीले पुस २९ गते बिहान ११ बजे आम्रपाली ब्यान्क्वेट, काठमाडौंमा भच्युअल माध्यममा ९ औं वार्षिक साधारण सभा डाकेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।

यस्तै हालको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७८, बुधबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।