दुई फाइनान्स कम्पनीको २२ लाख कित्ता बढी शेयरको लिलामी खुल्यो

0
Shares

नेपाल फाइनान्स र मल्टीपर्पस फिनान्स कम्पनीकोगरी २२ लाख कित्ता बढी शेयरको आजदेखी लिलामी खुलेको छ ।

नेपाल फाइनान्सको संस्थापक र साधारणगरी ५ लाख १५ हजार २४८ कित्ता शेयर तथा मल्टीपर्पस फिनान्सको १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो ।

नेपाल फाइनान्स फाइनान्सले २ लाख ५५ हजार ०७८ कित्ता संस्थापक शेयर र २ लाख ६० हजार १६९ कित्ता सर्वसाधारण शेयर गरी कुल ५ लाख १५ हजार २४८ कित्ता शेयर आज बाट लिलाम गर्न लागेको हो।

फाइनान्सले बिक्रीमा राखेकोे शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले पुस १७ गतेदेखि पुस २४ गते शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ।

ईच्छुक लगानीकर्तांले बोलपत्र आवेदन फारम प्रभु क्यापिटल कमलादी काठमाडौ, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौ, प्रभु बैंकको शाखा विराटनगर, पोखरा , विरगंज , वुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी बाट पेस गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

त्यस्तै मल्टीपर्पस फिनान्स कम्पनीले बिक्रीमा राखेको १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक शेयरको बिक्री पनि खुलेको छ । कम्पनीको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको हुँदा १ सय वा सो भन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नु पर्नेछ ।

शेयर खरिद गर्न इच्छुक यस कम्पनीका संस्थापक तथा सर्वसाधरणले पुस १७ गतेदेखी माघ २ गते सम्म बोलपत्र पेश गर्नु पर्नेछ ।

ईच्छुक लगानीकर्तांले बोलपत्र आवेदन फारम सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाण्डौ , कम्पनीको केन्द्रीय कार्यलय राजविराज सप्तरी ,शिभिल बैंकका साखा कार्यलयहरु विराटनगर, वीरगंज ,पोखरा , बुटवल , नेपालगंज , विरेन्द्रनगर , धनगढी , विर्तामोड , जनकपुर , हेटौडा , नारायणघाट तथा घोराही बाट पेस गर्न सकिन्छ ।

कम्पनीका अनुसार १० लाख सम्मको आवेदन दिने आवेदकले स्वेच्छिक रुपमा र सो भन्दा बढी रकमको लागि आवेदन दिने आवेदकले अनिवार्य रुपमा आवेदन फारममा आफ्नो स्थायी लेखा नम्बर खुलाउनु पर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार  ०७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।