नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एकैदिन एक दर्जन कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस वितरण र साधारण सभा प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नेप्सेले १२ कम्पनीको नयाँ मूल्य निर्धारण गरेको हो ।
- कुन कम्पनीको कतिमा भयो शेयरमूल्य समायोजन ?
| Company | Bonus% | Adjust Price | Previous Closing price | Cash | AGM |
| Himalayan Distillery | 50.00 | 3520.00 | 5280.00 | 50.00 | Poush 29 |
| Vijaya laghubitta | 19.00 | 1068.00 | 1271.00 | 1.00 | Poush 29 |
| Mero Microfinance | 16.94 | 868.00 | 1015.00 | 0.89 | Poush 28 |
| Butwal Power Company | 10.00 | 405.00 | 445.00 | 15.00 | Poush 28 |
| Mega Bank Nepal | 10.00 | 250.00 | 275.00 | 3.05 | Poush 29 |
| Laxmi Bank |
9.00 | 262.00 | 286.00 | 2.50 | Poush 28 |
| Goodwill Finance |
8.40 | 196.00 | 213.00 | 3.60 | Poush 29 |
| Prime Life Insurance |
7.00 | 766.00 | 820.00 | 8.00 | Poush 27 |
| Surya Life Insurance Company | 5.00 | 674.00 | 708.00 | 5.53 | Magh 5 |
| Pokhara Finance | 5.00 | 167.00 | 175.00 | 0.26 | Poush 29 |
| Chhyangdi Hydropower | 5.00 | 155.00 | 163.00 | 0.26 | Poush 27 |
| Laxmi Laghubitta |
15.00 |
1335.00 |
1535.00 |
8.16 |
Poush 29 |
हिमालयन डिष्टिलरी (HDL): को ५० प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । बोनस समायोजन पछि कम्पनीको शेयर मूल्य ३ हजार ५२० रुपैयाँ कायम भएको छ । कम्पनीको बिहीबार ५ हजार २८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
विजय लघुवित्त (VLBS): को १९ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको शेयरमूल्य १०६८ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । लघुवित्तको बिहीबार १ हजार २७१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
मेरो माइक्रोफाइनान्स (MERO): को १६.९४ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८६८ रुपैयाँ तोकिएको छ । कम्पनीको बिहीबार अन्तिम कारोबार १ हजार १५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
लक्ष्मी लघुवित्त (LLBS): को १५ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि लघुवित्तको शेयरमूल्य १ हजार ३३५ रुपैयाँ कायम भएको छ । लघुवित्तको बिहीबार १ हजार ५३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले बुटवल पावर कम्पनी (BPCL): को १० प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । बोनस समायोजनापछि नेप्सेले कम्पनीको शेयरमूल्य ४०५ रुपैयाँ तोकेको छ । कम्पनीको बिहीबार ४४५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो
मेगा बैंक नेपाल (MEGA): को १० प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । बैंकको बोनस समायोजनपछि प्रतिकित्ता २५० रुपैयाँ मूल्य तोकिएको । बिहीबार बैंकको २७५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
लक्ष्मी बैंक (LBL): को ९ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको शेयरमूल्य २६२ रुपैयाँ तोकिएको छ । पुस १६ गते बिहीबार बैंकको २८६ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
शुक्रबारै गुडविल फाइनान्स (GFCL): को ८.४० प्रतिशत बोनस पश्चात मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि कम्पनीको शेयर मूल्य १९६ रुपैयाँ कायम भएको छ । बिहीबार कम्पनीको २१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्राइम लाइफ इन्स्यारेन्स (PLIC): को ७ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि इन्स्यारेन्सको शेयर मूल्य प्रतिकित्ता ७६६ रुपैयाँ कायम भएको छ । इन्स्योरेन्सको बिहीबार ८२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
सूर्या लाइफ इन्स्यारेन्स (SLICL): को ५ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजनपछि कम्पनीको शेयरमूल्य ६७४ रुपैयाँ कायम भएको छ । इन्स्योरेन्सको बिहीबार ७०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
पोखरा फाइनान्स (PFL): को ५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि फाइनान्सको शेयर मूल्य १६७ रुपैयाँ कायम भएको छ । फाइनान्सको बिहीबार १७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
छ्याङ्दी हाईड्रोपावर (CHL): को ५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको हो । बोनस समायोजनपछि कम्पनीको शेयरमूल्य १५५ रुपैयाँ कायम भएको छ । कम्पनीको बिहीबार१६३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
शुक्रबार शेयरमूल्य समायोजन भएका १२ वटै कम्पनीको शेयर आइतबार शुक्रबार समायोजन भएको शेयमूल्यलाई आधार मानेर पहिलो कारोबार खुल्नेछ । नेप्सेमा नियमित कारोबार समयमा २ प्रतिशत तलमाथि र प्रि ओपनिङ्ग सेसनमा भने ५ प्रतिशत तलमाथि मूल्यमा कारोबार हुनसक्ने व्यवस्था छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया