सिभिल बैंकको एक्सटेन्सन काउन्टर हेटौंडामा

0
Shares

सिभिल बैंक (CBL) ले हेटौंडा उपमहानगरपालिका वडा नं. १८ मा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले ठुलो दमार चोक, हर्नामाडीमा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौ‘डा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरेका थिए ।

यससँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्नेछन ।

करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरिररहेको सिभिल बैंकले ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।