प्रभु लाइफ इन्स्योरेन्सको आजदेखि ‘PLI’ संकेतमा शेयर कारोबार खुल्दै, पहिलो कारोबार नै ३२८ रुपैयाँमा

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सको आज (पुस १९ गते आइतबार) देखि दोस्रो बजारमा कारोबार खुल्दैछ । भर्खरै आईपीओ जारी गरेको कम्पनीले शुक्रबार शेयर सूचीकरण सूचीकरण गराएसँगै आइतबारदेखि शेयर कारोबार खुल्ने भएको हो ।

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि पिएलआई (PLI) कारोबार संकेत प्रदान गरेको छ । यसअनुसार अब कम्पनीको आजदेखि यहि कारोबार सिम्बोलमा दोस्रो बजारमा कारोबार सुचारु हुुनेछ ।

नेप्सेले कम्पनीलाई न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ३२८.६८ रुपैयाँसम्मको पहिलो कारोबार रेञ्ज प्रदान गरेको छ । यसअनुसार प्रभुको पहिलो कारोबार अधिकतम रेञ्ज ३२८ रुपैयाँसम्ममा कारोबार खुल्नेछ । 

नेप्सेले हरेक कम्पनीलाई धितोपत्रको दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम कम्पनीको नेटवर्थ बराबर र अधिकतम नेटवर्थको तीन गुणासम्म कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

यससँगै कम्पनीको शेयर प्राप्त गरेका ५ लाख ४० हजार जना लगानीकर्ताले आइतबारदेखि दोस्रो बजारमा शेयर बिक्री गर्न सक्नेछन् भने आईपीओ नपाउने लगानीकर्ताले दोस्रो बजार मार्फत कम्पनीको शेयर खरीद गर्न सक्नेछन् ।

प्रभु लाइफले सर्वसाधारणमा ६० लाख कित्ता साधारण शेयर सहित कुल २ करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार शुक्रबार नेप्सेमा सूचीकरण गराएको थियो । कम्पनीमा ३० प्रतिशत सर्वसाधारण समुहको र ७० प्रतिशत (१ करोड ४० लाख कित्ता) संस्थापक स्वामित्व छ ।

काठमाण्डौं वडा नम्बर २८, कमलादीमा प्रधान कार्यालय रहेको प्रभु लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार (आरटिएस) चयन गरेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार  ०९ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।