एनआरएनको नाम अब किसान लघुवित्त, कुन संकेतमा हुन्छ नेप्सेमा शेयर खरीद बिक्री ?

0
Shares

एनआरएन लघुवित्त वित्तीय संस्था (NLBSL) को नाम परिवर्तन भएको छ । नेप्सेले पुस १९ गते आइतबार एनआरएन लघुवित्त वित्तीय संस्थालाई किसान लघुवित्त वित्तीय संस्थामा परिवर्तन गरेको हो ।

नेप्सेमा सूचीकृत रहेको किसान लघुवित्त र अन्य सूचीकृत नरहेका दुई लघुवित्त मर्जर सम्पन्न भई एकीकृत कारोबार पश्चात नेप्सेमा एनआरएन लघुवित्तको नाममा कारोबार हुँदै आएको थियो ।तर कम्पनीले साधारण सभाबाट पुनः पुरानै नाममा फर्कने निर्णय गराई प्रकृया सम्पनन भएपछि नेप्सेमा पनि पुनः पुरानै नाम किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुने भएको हो ।

नेप्सेले कम्पनीको निवेदन अनुसार कम्पनीको नाम आइतबार लघुवित्तको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा नाम परिवर्तन गरी अभिलेख गरिएको जनाएको छद ।

नाम परिवर्तनसँगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबारको लागि प्रयोग हुने कारोबार संकेत (सिम्बल) पनि परिवर्तन भएको छ । यसअनुसार लघुवित्तको सर्वसाधारण शेयर कारोबारका लागि केएलबिएसएल (KLBSL) कारोबार संकेत र संस्थापक शेयर कारोबारका लागि केएलबिएलएलपि (KLBSLP) कारोबार संकेत प्रदान गरेको छ ।

किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त, र दिव्या लघुवित्त एक बराबर एक अनुपातको स्वापमा मर्ज भएका थिए । यो मर्जअघि नै क्रियटिभ र रामारोशन लघुवित्त मर्ज गरी राष्ट्रिय स्तर कार्यक्षेत्र कायम भएको एनआरएन लघुवित्त र दिव्या लघुवित्त तथा किसान माइक्रोफाइनान्स एक भई एनआरएन लघुवित्तको नामबाट एकिकृत कारोबार हुँदै आएको थियो ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको एनआरएन लघुवित्तले सुदूरपश्चिमको लम्कीचूहा नगरपालिकामा रहेको किसान माइक्रोफाइनान्स र काभ्रेपलान्चोक जिल्लाको भकुन्डेबेसीमा रहेको दिव्य लघुवित्तलाई प्राप्ति गरी २०७७ असार २९ गतेबाट एकिकृत कारोबार सुरु गरेको थियो । नयाँ नामबाट कारोबार भएको ६ महिनापछि नै लघुवित्त पुर्व सूचीकृत नाममा नै फर्किएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार  १३ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।