प्राइम कमर्सियल बैंकको बोनसपछि शेयरमूल्य समायोजन

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) को पुस २० गते सोमबार शेयरमूल्य समायोजन भएको छ ।

बैंकले पुस २० गते साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको १५ प्रतिशत बोनस समायोजनपछि शेयरमूल्य ४०७ रुपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको छ । बैंकको आइतबार कारोबार भएको अन्तिम शेयरमूल्य ४६८ रुपैयाँमाका आधारमा नेप्सेले बोनस समायोजन गरेको हो ।

यससँगै सोमबार बैंकको समायोजित शेयरमूलयका आधारमा नेप्पेमा शेयर कारोबार खुल्नेछ ।

लाभांश पारित गर्न बैंकले पुस २९ गते बिहान १० बजे केन्द्रीय कार्यालयमा तेह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने दगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार  ०८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।