नेशनल माइक्रोफाइनान्स (NMFBS) ले गत आवको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्त कम्पनीको पुस १९ गते आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत तथा लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।
हाल लघुवित् कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार रहेको छ । २१ प््रतिशत बराबरको ५ करोड ५४ लाख ४९ हजार ५०२ रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ३१ करोड ९४ लाख ९४ हजार ७५२ रुपैयाँ पुग्नेछ ।
लघुवित्तले अघिल्लो आव २०७५।७६ बाट भने ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया