१७६ अंक बढेपछि नेप्सेमा सामान्य करेक्शन, छैटौं कारोबार दिनमा घट्यो

0
Shares

शेयर बजार परिसूचक नेप्से लगातार पाँच कारोबार दिनमा १७६ अंक बढेपछि सोमबार ६.३६ अंकले घटेको छ । छैटौं कारोबार दिनमा आएर नेप्सेमा सामान्य करेक्शन देखिएको हो ।

आइतबार ८८ अंकको उच्च वृद्धि सहित नेप्से सूचकमा नयाँ रेकर्ड कायम भएकोमा त्यसको भोलिपल्ट सामान्य करेक्शन आएको छ । अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से सोमबार दबाबमा परेपनि तत्काल बजारतल झर्ने सम्भावना नरहेको लगानीकर्ताहरु बताउँछन् ।

सस्तो बैंक ब्याजदर, लगानीका अन्य क्षेत्रमा देखिएको संकुचन, प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण र बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताले दोस्रो बजारमा नयाँ लगानीकर्ताको प्रवेशका कारण पनि बजार वृद्धि स्थायी हुने लगानीकर्ताहरुको बुझाई छ ।

धेरै बढेपछि सामान्य करेक्शन आउनुलाई शेयर बजारमा त्यति नराम्रो मानिँदैन पौने २०० अंकको लगातारको वृद्धिपछि लगानीकर्ताले नाफा सुरक्षित गरी निस्क्न्छन् भने नयाँ लगानीकर्ताले खरीद गरी पुनः उच्च मूल्यमा बिक्री गर्ने भएकाले बजार धेरै तल झर्ने सम्भावना नरहेको एक लगानीकर्ताले बताए ।

सोमबार नेप्से ६.३६ अंकले घटेर २ हजार १६९ अंकमा अडिएको छ । आज २०२ कम्पनीका १ करोड १६ लाख ४३ हजार ४२९ कित्ता शेयर ४६ हजार १ पटक कारोबार हुँदा ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये पाँच उपसमुहका सूचक बढ्दा सात घटेका छन् । आजको बजारमा वित्त, अन्य, निर्जीबन बीमा, विकास बैंक र जलविद्युतको सूचक १ प्रतिशतभन्दा कमले बढेका छन् । घटेका ७ सूचकमध्ये उत्पादनमुलक सूचक १.७६ प्रतिशतले घटेको छ ।

  • पुनर्बीमाको कम ब्याक, सोमबार उच्च कारोबार

सोमबार उच्च कारोबार हुने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी अग्र स्थानमा देखिएको छ । एक हजार ८०० रुपैयाँबाट शेयरमूल्य घट्न थालेपछि कम्पनीको शेयर कारोबार रकम पनि घट्दै गएकोमा सोमबार पुनः उच्च कारोबार हुने सूचीमा अटाएको छ ।  कम्पनीको शेयरमूल्य ८ प्रतिशतसम्म बढेपनि अन्तिममा ३ प्रतिशतभन्दा कम मात्र बृद्धि भएर कारोबार बन्द भएको छ । दिनभरमा कम्पनीको ४६ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसैगरी नेपाल लाइफको ४० करोड ७१ लाख, नेपाल टेलिकम ३७ करोड ७८ लाख, शिखर इस्योरेन्स २५ करोड ३३ लाख, एनसीसी बैंक २५ करोड ७ लाख हिमालयन डिष्टिलरीको २३ करोड ५ लाख र एनआईसी एशिया बैंकको २१ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेशन लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक आजको बजारमा शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol Turnover Closing Price
As of 2021-01-04 15:00:00
NRIC 460,868,886.00 1,520.00
NLIC 407,102,599.00 2,400.00
NTC 377,815,215.00 1,291.00
SICL 253,343,738.00 1,850.00
NCCB 250,751,840.00 357.00
HDL 230,573,284.00 3,850.00
NICA 210,570,290.00 892.00
SHIVM 195,752,658.00 1,560.00
NLICL 163,787,592.00 1,148.00
SBL 160,272,632.00 426.0
  • दुई कम्पनीको शेयरमूल्यमा सर्किट

सोमबार जानकी फाइनान्स र किसान लघुवित्त वित्तीय संस्था (साबिकको एनआरएन लघुवित्त) को शेयरमूल्य करिब दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यसैगरी नारायणी डेभलपमेन्ट बैंक र राधी विद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशत धेरै तथा शिखर इन्स्योरेन्स, सानिमा माई हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स, मिर्मिरे माइक्रोफाइनान्स, युनाइटेड फाइनान्स र गणपति माइक्रोफाइनान्सको पनि शेयरमूल्य बढेको छ ।

दशौं ठूलो शेयरमूल्य बढेको गणपति माइक्रोफाइनान्सको ३.४३ प्रतिशतले बढेको हो ।

Symbol LTP Point Change % Change
As of 2021-01-04 15:00:00
JFL 254.00 23.00 9.96
KLBSL 1,199.00 104.00 9.50
NABBC 476.00 35.00 7.94
RADHI 305.00 15.00 5.17
SICL 1,850.00 88.00 4.99
SHPC 308.00 14.00 4.76
UIC 480.00 20.00 4.35
MMFDB 1,114.00 43.00 4.01
UFL 249.00 9.00 3.75
GMFBS 1,024.00 34.00 3.43
  • नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य घट्यो

सोमबार नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य उच्च घटेको छ । गत आवको नाफाबाट २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश विरण गर्ने प्रस्ताव गरेको कम्पनीको लाभांशमा लगानीकर्ताले चित्त नबुझाउँदा शेयरमूल्य घटेको हो ।

कम्पनीको शेयरमूल्य ५.८४ प्रतिशत अर्थात १४२ रुपैयाँले घटेर २ हजार २९० रुपैयाँमा झरेको छ । अघिल्लो आवमा ७५ प्रतिशत बोनस सहित ८० प्रतिशत लाभांश वितरण गरेको कम्पनीको लाभांश घट्दा शेयरधनीले घट्दो मूल्यमा नै शेयर बिक्री गरेका हुन् ।

यसैगरी आजको बजारमा नेपाल फाइनान्स, एभरेष्ट बैंक, मल्टिपपर्स फाइनान्स, गुराँस लघुवित्त, लिवर्टी इनर्जी, विजय लघुवित्त, शिवम् सिमेन्ट, अजोड इन्स्योरेन्स र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-01-04 15:00:00
NMFBS 2,290.00 -142.00 -5.84
NFS 208.00 -8.00 -3.70
EBL 794.00 -28.00 -3.41
MPFL 148.00 -5.00 -3.27
GLBSL 872.00 -26.00 -2.90
LEC 212.00 -6.00 -2.75
VLBS 1,080.00 -30.00 -2.70
SHIVM 1,560.00 -43.00 -2.68
AIL 630.00 -16.00 -2.48
UPCL 124.00 -3.00 -2.36

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।