नारायणी डेभलपमेन्ट बैंकको हकप्रद स्वीकृत

0
Shares

नारायणी डेभलपमेन्ट बैंक (NABBC) को हकप्रद स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई सोमबार हकप्रद जारी गर्न अनुमति दिएको हो ।

बोर्डले बैंकले दिएको निवेदन अनुसार प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रदमा जारी गर्न कार्तिक २८ गते, शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिएको थियो ।

हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।