महुली लघुवित्तको ४ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

महुली लघुवित्त वित्तीय संस्था ले व्यक्तिको नाममा रहेको ४ हजार ५४८ कित्ता संस्थापक शेयर बिक्री खुलाएको छ ।

लघुवित्तले लमजुङका दानाराज पन्तको १ हजार ५४८ कित्ता र राजविराज ५ सप्तरीका शैलेन्द्र नाथ सिंह राउत क्षेत्रीको ३ हजार कित्ता शेयर बिक्री खुलाएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विधमान संस्थापक शेयरधनीहरुले माघ २६ गते सोमबार सम्म संस्थाको केन्द्रीय कार्यालय सप्तरीमा आवेदन दिन आह्वान गरिएको छ ।

माघ २६ गतेसम्म संस्थापक शेयरहरुबाट आवेदन नआएमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।