साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १.२२ अंकले घटेको छ । नेप्से २ हजार १६७ दशमलव ८२ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा २१ कम्पनीका ४ हजार १९५ कित्ता शेयर ५४ लाख ८४ हजार ७९० रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कारोबारमा आएका मेगा बैंक, रिलायन्स फाइनान्स, नेपाल टेलिकम, एनआईसी एशिया बैंक, र निर्धन उत्थान लघुवित्तको शेयरमूल्य घटेको छ ।
प्रभु लाइफ, आँखुखोला हाइड्रो, अरुण काबेली पावर, आरएसडिसी लघुवित्त, शिखर इन्स्योरेन्स, किसान लघुवित्त, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, एनसीसी बैंक, जानकी फाइनान्सको मूल्य करिब ५ प्रतिशतले बढेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया