नारायणी डेभलपमेन्ट बैंकले थप २०० प्रतिशत हकप्रद जारी गर्ने

0
Shares

नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले शतप्रतिशत हकप्रद पश्चात पुनः थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले अगामी वार्षिक साधारण सभाबाट थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

बैंकले हाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको एक बराबर एक हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको २०० प्रतिशतले हुन आउने २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्न लागेको हो ।

उक्त प्रस्तावहरु पारित गर्न बैंकले माघ १६ गते १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसो १ बजे आह्वान गरिएको उक्त साभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।

यस्तै सभाले नारायणी डेभलपमेन्ट बैंक तथा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न आवश्यक प्रकृया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ ।

यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्दैछ ।

बैंकले १९ औँ वर्षिक साधारण सभा तथा हकप्रद निष्काशन प्रयोजनका लागि पुस २९ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यसअनुसार पुस २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु मात्र बैंकले जारी गर्ने एक बराबर एक अनुपातको हकप्रद शेयर पाउन तथा बैंकको साधारण सभामा सहभागिता जनाउनका लागि योग्य हुनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २२ पुस २०७७, बुधबार  ०९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।