सिङ्गटी हाइड्रोलाई साढे ४३ करोडको आईपीओ जारी गर्न बोर्डको अनुमति

0
Shares


सिङ्गटी हाइड्रो इनर्जीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोडले सिङ्गटीलाई पुस २१ गते मंगलबार आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता प्राथमीक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको हो ।

आईपीओ बिक्री गर्न मंगलबार अनुमति पाएसँगै कम्पनीको शेयर ढिलोमा दुई महिनाभित्र सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

सिङ्गटी हाइड्रोले जलविद्युत आयोजना प्रभावित क्षेत्र दोलखाका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गर्नेछ ।

आईपीओपछि कम्पनीमा पूँजीको संस्थापक र सर्वसाधारणको पूँजी संरचना ७०ः३० हुनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रो इनर्जी आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

हाइड्रोपावरले आईपीओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

सिंगटी हाइड्रोपावरले दोलखाको सिंगटी खोलामा २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । आयोजनामा लाग्ने कुुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ पुस २०७७, बुधबार  १३ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।