दुईदिनको करेक्शनपछि नेप्से पुन: ऐतिहासिक उचाईमा

0
Shares

गत आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड कायम गरेको नेप्से सूचक दुई दिनको करेक्शनपश्चात पुन: ऐतिहासिक उचाईमा पुगेको छ ।

बुधबार दोहोरो अंकले बढेको नेप्से हालसम्मकै उच्च २१७८.५७ विन्दुमा पुगेको छ । गत आइतबार उच्च विन्दुमा नेप्से पुगेपछि सोमबार र मंगलबार करेक्शन आएको थियो ।बुधबार नेप्से १३.०७ अंकले बढेको छ ।

बुधबारको बजारमा २०५ कम्पनीको शेयर ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको केहि कम हो ।

बुधबार कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये व्यापार र जलविद्युत बाहेक अन्य बाँकी सबै समुह सकारात्म रहेका छन् ।

यसदिन नेपाल लाइफको सबैभन्दा धेरै २१ करोड बढीको किनबेच भयो । अधिकांस लघुवित्त र निर्जीवन बीमा कम्पनीका शेयरमूल्य बढेको बजारमा जलविद्युत कम्पनीको शेयरमूल्य घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ पुस २०७७, बुधबार  १५ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।