सानिमा बैंकको डिबेन्चर बाँडफाँड

0
Shares

सानिमा बैंक (SANIMA) ले निष्काशन गरेको ‘८.५० प्रतिशत सानिमा डिबेन्चर २०७८’ बाँडफाँड गरेको छ ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई पुस २१ गते मंगलबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, निष्कासनकर्ता कम्पनीको प्रतिनिधि तथा सार्वसाधारणहरुको उपस्थितिमा ऋणपत्र बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईसी एशियाले जनाएको छ ।

बैंकका अनुसार पुस २१ गते मंगलबार डिबेन्चर बाँडफाँड गरी बैंक सञ्चालक समितिबाट २२ गते अनुमोदन गरिएको हो ।

बैंकले पुस १ गतेदेखि पुस १५ गतेसम्म एक हजार रुपैयाँ अंकित दरका ४ अर्ब बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको थियो । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो ।

सर्वसाधारणमा निष्काशितमध्ये ५ प्रतिशत बराबरको ८० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएर १५ लाख २० हजार इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

१० वर्ष अवधि रहेको उक्त ऋणपत्रका लगानीमकर्तालाई बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।