गणपति माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस घोषणा

0
Shares

गणपति माइक्रोफाइनान्स ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई १५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तको पुस २२ गते सम्पन्न सञ्चालक समितिको ७६ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ७ लाख ४५ हजार रहेको छ । प्रस्तावित १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँ बराबरको बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।