
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट माघ १ गतेसम्म दरखास्त आह्वान गरेको हो ।
दरखास्तका साथ प्रमुख कार्यकारी अधिकृतको कार्यादेश अनुसार दुई प्रति विजनेश प्लान पेश गर्नुपर्ने छ । यसैगरी आवेदकले नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रतिलिपि र कार्यअनुभव सम्बन्धि कागजात समेत पेश गर्नुपर्ने छ ।
कम्पनीका अनुसार दरखास्त तथा सम्बद्ध कागजातहरु राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, बबरमहल काठमाण्डौंमा पेश गर्नुपर्ने छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ३५ वर्ष पूरा भई ५४ वर्ष ननाघेको तथा ) प्रचलित कानूनले अयोग्य नठहरिएको हुनुपर्नेछ । यसैगरी मान्यता प्राप्त शैक्षिक संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर गरेको र सोही क्षेत्रमा कम्तीमा ८ (आठ) वर्षको कार्य अनुभव वा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातक तथा ब्यवस्थापन बिषयमा स्नातकोत्तर उत्तीर्ण गरी स्नातक पछि सोही क्षेत्रमा कम्तीमा दश १० (दश) वर्ष कार्य अनुभव भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
तर निजामती सेवा वा संगठित संस्थाको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पदमा कार्यरत भई उपनियम (२) को खण्ड (ख) बमोजिमको शैक्षिक योग्यता पुगेको कर्मचारीले कम्पनीको कार्यकारी प्रमुखको पदमा उम्मेदवार हुन बाधा पर्ने छैन तर प्रमुख कार्यकारी अधिकृतको पदमा उम्मेदवारी दिँदा त्यस्ता कर्मचारीले आफू कार्यरत निकायबाट पूर्व स्वीकृति पत्र समेत पेश गर्नुपर्ने जनाइएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया