एक अर्बको ‘सानिमा लार्ज क्याप फण्ड’ को इकाई माघ ९ गतेदेखि जारी हुने

0
Shares

सानिमा म्युचुअल फण्डले माघ ९ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष ‘सानिमा लार्ज क्याप फण्ड’ को इकाई जारी गर्ने भएको छ ।

सानिमा क्यापिटल अन्तर्गत सञ्चालित सानिमा म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

क्यापिटलले जारी गर्न लागेको यो बन्दमुखी प्रकृतिको योजना हो । यसको अवधि सात वर्षको रहेको छ ।

फण्डको निष्काशित इकाइमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सानिमा बैंकलाई सुरक्षित गरी गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणमा बिक्री गरिने क्यापिटलले जनाएको छ ।

उक्त फण्डमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरको वेवसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सक्नेछन् ।

यस इकाईमा लगानीकर्ताले माघ ९ देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा निष्काशित सबै इकाई बिक्री नभए माघ २६ गतेसम्म आवेदन खुला रहने जनाइएको छ ।

इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ पुस २०७७, सोमबार  ०९ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।