
सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १६ प्रतिशत लाभांश पाउन पुस २७ गते सोमबारसम्म शेयरधनी बनिसक्नुपर्ने देखिएको छ ।
बैंकले माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा आह्वान गरेको १९ औँ वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस २८ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
साधारण सभामा बैंकले लाभांशका अतिरिक्त मर्जर तथा प्राप्तीलाई पनि विशेष प्रस्तावको रुपमा अगाडि सारेको छ । सभा मार्फत सिद्धार्थ बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ ।
सभाले बैंकमा संस्थापक समूहको तर्फतबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना गरी ५ जना सञ्चालक निर्वाचन पनि गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया