यस साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा ४२ कम्पनीको ४३ लाख ७६ हजार बढीको शेयर किनबेच भएको छ ।
यसअवधिमा नेप्से २८.५५ अंकले बढेर २२६४.२७ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड हो ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ४२ कम्पनीका १२ हजार ४०३ कित्ता शेयर ४३ लाख ७६ हजार ६०६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया