सूर्या लाइफ इन्स्योरेन्स कम्पनी (SLICL) ले स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटालाई नियुक्त गरेको छ ।
इन्स्योरेन्सको पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो ।
यसअघि कम्पनीको स्वतन्त्र सञ्चालक गंगा प्रसाद शर्माले दिएको राजीनामालाई स्वीकृत गर्दै इन्स्योरेन्सले रिक्त रहेको पदमा देवकोटालाई नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिले पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीका सचिव राजु राजचलले जानकारी दिए ।
नवनियुक्त सञ्चालक देवकोटालाई पुस २६ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया