
सिद्धार्थ बैंक (SBL) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । बैंककको १२ प्रतिशत बोनसपश्चात मंगलबार नेप्सेमा मूल्य समायोजन भएको हो
शेयर मूल्य समायोजनपछि नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकेको छ । सोमबार बैंकको ४७२ रुपैयाँ कारोबार भएको थियो । नेप्सेले सोमबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।
यससँगै मंगलबार बैंकको समायोजित शेयरमूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया