दश हजार घुस सहित प्रहरी हबल्दार भण्डारी अख्तियारको नियन्त्रणमा

0
Shares

प्रहरी हबल्दार शान्ति भण्डारीलाई अतिरिक्त दश हजार रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत भण्डारीलाई १० हजार घुस सहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

प्रहरी हबल्दार शान्ति भण्डारीले उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले हबल्दार भण्डारीलाई पक्राउ गरेको हो ।

हाल हबल्दार भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।