नेपाल स्टक एक्सचेञ्जले लाभांश प्रस्तावको सूचना ढिला गरी उपलब्ध गराएपछि सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गर्दै स्पष्टिकरण मागेको छ ।
नेप्सेले लघुवित्तको शेयर कारोबार रोक्का गरी तीन दिने स्पष्टिकरण माग गरेको हो । स्पष्टिकरणमा लाभांश प्रस्तावको सूचना के कस्ता कारणले समयमा नै लाभांश प्रस्तावको सूचना पठाउन नसकेको हो सो विषयमा जवाफ माग गरेको छ ।
लघुाित्तको पुस २७ गते साँझ ५ बजे सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेपजि नेप्सेमा पुस २८ गते दिउँसो ११ः५० मा मात्र उपलब्ध गराएको थियो ।
धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी निर्णयहरु भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकोमा लघुवित्तले सो नियमको पालना नगरेपछि कम्पनीसँग स्पष्टिकरण मागेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया