
पुस मसान्त लागेसँगै सूचीकृत कम्पनीहरुलाई साधारण सभाले छोपेको छ । पुस महिनाको अन्तिम दिन बुधबार (पुस २९ गते) आज करिब चार दर्जन कम्पनीले साधारण सभा सम्पन्न गर्दैछन् ।
सूचीकृत कम्पनीहरुले प्रत्येक चालु आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अघिल्लो आवको साधारण सभा सम्पन्न गर्नुपर्ने हुन्छ । यो समयमा साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा ढिला भएको अवधि अनुसार जरीवाना तिर्नुपर्छ अभने अर्कोतर्फ नेपाल स्टक एक्सचेञ्जले गर्ने सूचीकृत कम्पनीको वर्गिकरणमा पनि तोकिएको समयभित्र साधारण सभा सम्पन्न सम्पन्न गथर्न नसक्ने कम्पनी तल्लो वर्गमा पर्नुपर्ने हुन्छ । जरीवानाबाट छुटकरा पाउन तथा कम्पनी वर्गिकरणमा समेटिनका लागि धेरैजसो कम्पनीहरुले पुसको अन्तिम साता साधारण सभा सम्पन्न गर्ने गरेका छन् ।
एकैपटक साधारण सभा आह्वान गर्दा शेयरधनीले भने सम्बन्धीत कम्पनीको वित्तीय अवस्था जान्न तथा साधारण सभामा सहभागिता जनाउन समस्या देखिने गरेको छ । आफ्ना खराबी लुकाउनका लागि भएपनि भीडभाड हुने समयमा नै साधारण सभा सम्पन्न गर्ने प्रचलन नेपालका सूचीकृत कम्पनीहरुमा देखिएको छ ।
बुधबार साधारण सभा सम्पन्न कम्पनीहरुमा आठ वाणिज्य बैंक सहित सूचीकृत र सूचीकृत नरहेका (केही सूचकृत हुने प्रकृयामा रहेका समेत) गरी जम्मा ४३ कम्पनीहरु रहेका छन् । यी सबै कम्पनीहरुले एकैदिन वार्षिक साधारण सभा सम्पन्न गर्दैछन् ।
आज साधारण सभा सम्पन्न गर्ने वाणिज्य बैंकहरुमा नबिल बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक रहेका छन् ।
यसैगरी दुई विकास बैंकहरुमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक रहेका छन् भने ८ फाइनान्स कम्पनीले पनि आजै साधारण सभा सम्पन्न गर्दैछन् । बुधबार साधारण सभा सम्पन्न गर्ने फाइनान्सहरुमा युनाइटेड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स, मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेष्ट फाइनान्स, गुडविल फाइनान्स, पोखरा फाइनान्स, प्रोगेशिभ फाइनान्स रहेका छन् ।
यसैगरी बुधबार छिमेक लघुवित्त, साधना लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, विजय लघुवित्त, स्पर्स लघुवित्त, लक्ष्मी लघुवित्त, घोडीघोडा लघुवित्त र गुँरास लघुवित्त गरी कुल ८ लघुवित्त कम्पनीले पनि आजै साधारण सभा सम्पन्न गर्दैछन् ।
यसैगरी हिमालयन डिष्टिलरी, सोल्टी होटल, हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल), रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर र नेपाल रि इन्स्योरेन्स कम्पनीले पनि आजै साधारण सभा सम्पन्न गदैछन् ।
यस्तै चन्द्रगिरि हिल्स, तामाकोशी जलविधुत कम्पनी, नेपाल स्टक एक्सचेन्ज, नलगाड हाइड्रोपावर, नेपाल जलविधुत प्रवद्र्धन तथा विकास, जीवन विकास लघुवित्त, गर्जाङ उपत्यका हाइड्रोपावर, त्रिशुल सेक्युरीटिज, नेष्डो समृद्धि लघुवित्त, सिर्जनशिल लघुवित्त, बाराही हाइड्रोपावर, सिंगटी हाइडो इनर्जी, आकाश क्यापिटल र हिमाल हाइड्रो एण्ड जनरल कन्ट्रक्सनले पनि आज नै साधारण सभा सम्पन्न गर्न लागेका हुन् ।
यी सबै कम्पनीका साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि शेयर दाखिला खारेजी भएका मितिसम्म कायम लगानीकर्ताले उक्त साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै लाभांश प्रस्ताव गरेका कम्पनीहरुको लाभांश समेत पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया