प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले पुस २९ गते देखि माघ ८ गते बिहीबारसम्म बोलपत्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ३५० रुपैयाँ तोकेको छ ।
कम्पनीका अनुसार बोलपत्र आवेदन फारम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बाट प्राप्त गर्न सकिनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया