.png)
युनाईटेड फाइनान्स लिमिटेड (UFL) को छब्बिसौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष बसन्त कुमार चौधरीको अध्यक्षतामा पुस २९ गते बुधबार युनाईटेड फाइनान्स लिमिटेडको सभा कक्ष दरवारमार्ग,काठमाण्डौमा जुममार्फत साधारण सभा सम्पन्न भएको हो ।
सभामा संस्थाको चुक्ता पूँजीको करिब ८१ प्रतिशत प्रतिनिधित्व हुने गरी शेयरधनीहरुको प्रोक्शी मार्फत, भौतिक तथा भर्चुअल उपस्थिती रहेको थियो ।
सभाले आव २०७६।७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, संस्थाको लेखापरिक्षण प्रतिवेदन सहितको आ.व. २०७६।७७ को वार्षिक वित्तिय विवरणहरु पारित गरेको छ ।
सैगरी आव २०७७।७८ को लेखापरिक्षण गर्नको लागि संस्थाको लेखापरिक्षण समितिबाट सिफारिस गरिए बमोजिम लेखापरिक्षक सार एसोसियट्सलाई पुनः नियुक्ती गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया