इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारण सभा सम्पन्न, लाभांश पारित

0
Shares

इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले साधारण सभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण (बोनश शेयर ७.३७५ तथा नगद लाभांश ३.१६५) सम्बन्धि प्रस्तावलाई अनुमोदन गरेको छ ।

सभामा आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप ५ अर्ब २५ करोड र कर्जा सापट ४ अर्ब ६७ करोड पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) ११ करोड १९ लाख भएको जानकारी साधारणा सभालाई जानकारी दिए ।

बोनस अनुमोदन पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ८९ करोड ०१ लख ३४ हजार ८७९ रुपैयाँ पुगेकोे छ ।

कम्पनीले २०७७ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायीक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पुर्णरुपमा पालना गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ माघ २०७७, बिहिबार  १८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।