एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले माघ २५ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको साधारण सभा अकामा होटल, सुकेधार काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्तपूँजीको २.८५ प्रतिशत बोनस शेयर र ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट ६ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा भागलिन जनाउन सक्नेछन्।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया