एनआईबिएल एस क्यापिटल लिमिटेडले माघ ३ गते शनिबार पनि ग्राहक सेवा काउन्टर खुला गरी सेवा प्रदान गर्ने भएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धक समेत रहेको सो क्यापिटलले शुक्रबारदेखि सुरु सार्वजनिक निष्काशनलाई मध्यनजर गर्दै बिहान १०ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म डिम्याट सेवा सम्बन्धि कार्य गर्न कार्यालय खुला गर्न लागेको जनाएको छ ।
यस अवधिमा ग्राहकहरुले हितग्राही खाता खोल्न/नवीकरण गर्न तथा मेरो शेयर दर्ता/नवीकरण गर्न सक्ने क्यापिटलले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया