फर्स्ट माइक्रोफाइनान्सको आम्दानी घटेसँगै नाफामा संकुचन, दोस्रो त्रैमाससम्म सबा ६ करोड आर्जन

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड(FMDBL) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आम्दानी घटेसँगै नाफा संकुचित बनेको छ ।

सोमबार प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार अनुसार लघुवित्तको ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी घटेको छ भने खराब कर्जा वापत १ करोड बढी जोखिम व्यवस्थापनको कारण पनि लघुवित्तको अपेक्षित नाफा बढ्न सकेको देखिँदैन ।

यद्यपी ब्याज खर्च घटाउँदा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ५ लाखले बढेको छ भने कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा आएको गुणात्मक सुधारले लघुवित्तको ब्यवस्थापकीय क्षमता भने सुदृढ रहेको देखाउँछ ।

चालु आर्थिक वर्षको पुससम्ममा लघुवित्तले ६ करोड २८ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४० लाख ४६ हजार रुपैयाँ बढी हो। गत आवको सोही अवधिमा लघुवित्तले ६ करोड ६९ लाख ३५ रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड बढेर ११ करोड ६३ लाख ९२ हजार रुपैयाँमा पुगेको छ। यस्तै सञ्चालन नाफा ६१ लाख घटेर ९ करोड ९८ लाख २३ हजार रुपैयाँ छ।

समीक्षा अवधिमा कोरोना असरका कारण लघुवित्तले खराब नोक्सानीका लागि सम्भावित जोखिम बापतको रकम बढी छुट्याएको छ । लघुवित्तले यस्तो व्यवस्था बापत १ करोड १४ लाख १९ हजार रुपैयाँ छुट्याएको छ। गत आवको यहि अवधिमा ३४ लाख मात्र थियो ।

गत आवको ६ महिनामा अन्य सञ्चालन आम्दानी मार्फत २ करोड २३ लाख कमाएको लघुवित्तले चालु आवको सोही अवधिमा १ करोड १६ लाख मात्र कमाएको छ ।

चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक इपिएस १४.३४ रुपैयाँ छ । समीक्षा अवधिमा जगेडा कोषमा साढे २ करोड वृद्धि गरी १९ करोड ९० लाख ८ हजार रुपैयाँ सञ्चित छ। पुससम्ममा लघुवित्तले बैंक वित्तीय संस्थाबाट ७ अर्ब १ करोड ९४ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खराब कर्जा अनुपात शुन्य रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १२२.७० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४८.४५ गुणा कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार  ०६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।