गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

0
Shares

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स (GMFIL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी साधारण सभाबाट पारित गरेको ३.४ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

फाइनान्सको पुस २८ गते सम्पन्न भएको १९ औं साधारण सभाबाट ८.३० प्रतिशत बोनस शेयर र ३.४ प्रतिशत नगद लाभांश पारित भएको थियो ।

फाइनान्सले साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म शेयर डिम्याट गरी डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा क्लियरिङ्ग हाउसको आईपीएस मार्फत लाभांश वितरण गर्ने भएको हो ।

फाइनान्सले लाभांश र साधारण सभा प्रयोजनका लागि पुस २१ गते मंगलबार बुकक्लोज मिति तोकेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन सोमबारसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

फाइनान्सले हालसम्म कागजी शेयर धारण गरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र शेयर धितो राखि कर्जा लिएका शेयरधनीलाई सम्बन्धीत संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र लाभांश वितरण गरिने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।