नेप्सेमा लगातार आठौं कारोबार दिन सुधार, १६६ अंकले बढ्दा २३३२ अंकमा

0
Shares

शेयर बजार परिसूचक नेप्से सोमबारसम्म लगातार आठ दिन बढेको छ । दिनदिनैको वृद्धिसँगै हरेक दिन नयाँ ऐतिहासिक उचाईमा चढ्दै आएको नेप्से पछिल्लो ८ दिनमा १६६.८३ अंकले बढेको हो ।

यसअघि पुस २१ गते मंगलबार ३.५४ अंकले घटेर २१६५.४९ बिन्दुमा बन्द भएको नेप्से माघ ५ गते आइपुग्दा २३३२.३२ अंकमा पुगेको हो । सोमबार मात्रै नेप्सेमा दोहोरो अंक अर्थात १७.३१ अंकको वृद्धि देखिएको छ ।

सोमबार २०७ कम्पनीका १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर ५१ ह्जार ८१३ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६६ रुपैयाँ पुगेको छ । यससँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण ३१ खर्ब ४१ अर्ब ८१ करोड १३ लाख रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटललाइजेसन १० खर्ब ८४ अर्ब ७८ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये ब्यापार६.५८ र होटलको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ । विकास बैंक, वित्त र लघुवित्तको सूचक पनि २ प्रतिशत धेरैले बढेका छन् ।

  • अठार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

सोमबार १८ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढ्दै सकरात्मक सर्किट लागेको छ । आजको बजारमा सिभिल लघुवित्त, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, समीट लघुवित्त, गुराँस लघुवित्त, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसीएल), तारागाउँ रिजेन्सी होटल, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्सयोरेन्स, बरुण हाइड्रोपावर, कामना सेवा विकास बैंक, प्रोगेशिभ फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

  • समृद्धि फाइनान्सका लगानीकर्ताले गुमाए

सोमबारको बजारबाट समृद्धि फाइनान्सको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सको शेयरमूल्य ४.१४ प्रतिशतले घटेर १६२ रुपैयाँमा झरेको छ ।

यसैगरी एभरेष्ट बैंकको कन्भर्टिबेल प्रिफरेन्स शेयर, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, मिर्मिरे लघुवित्त, आइएमई जनरल इन्स्योरेन्स, सप्त कोशी डेभलपमेन्ट बैं, राधी विद्युत कम्पनी, र माउन्टेन हाइड्रो नेपालको शेयरमा लगानी गरेका लगानीकर्ताले २ प्रतिशत धेरैले गुमाएका छन् ।

आज कारोबारमा आएका २०७ मध्ये १२५ कम्पनीको शेयरको मूल्य बढेको छ भने ६५ को घट्दा १७ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

  • प्रभु बैंकको उच्च कारोबार

सोमबार प्रभु बैंकको सबैभन्दा धेरै ३३ करोड ४६ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । बैंकको ७ लाख ६८ हजार ७५५ कित्ता शेयर २ हजार १६७ पटक कारोबारमा आएको छ ।

यसैगरी दोस्रो ठूलो कारोबार भएको एनटीसीको २६ करोड ८५ लाख, एनआईसी एशिया बैंक २० करोड २४ लाख, पुनर्बीमा कम्पनी १७ करोड ८ लाख र नेपाल लाइफको १६ करोड २२ लाख बढीको शेयर कारोबारमा आयो ।

यस्तै सूर्या लाइफ, सूर्या लाइफ संस्थापक, एलआईसी एभरेष्ट बैंक, र फस्ट माइक्रोफाइनान्सको पनि उच्च कारोबार हुँदै शीर्ष दश कारोबार हुने कम्पनीभित्र समेटिएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।