सिटिजन लाइफको साधारण सभा आह्वान, ७५ करोडको आईपीओ प्रस्ताव पारित हुने

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव सहित अन्य प्रस्तावहरु अनुमोदन गराउनका लागि फागुन २ गते कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

यसअघिका साधारण सभाबाट नै शेयर जारी गर्ने पारित गरपनि कम्पनीले हालसम्म शेयर जारी गर्न असमर्थ हुँदा सोही प्रस्ताव आगामी साधारण सभाबाट पुनः अनुमोदन गराउन लागेको हो ।

यद्यपी कम्पनीले आईपीओ जारी गर्नका लागि एनआईबिएल एस क्यापिटलसँग गत साउन अन्तिम साता बिक्री प्रबन्धक चयन गर्दै सम्झौता गरिसकेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोडको आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

आईपीओ निष्काशनका लागि कम्पनीले गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले इक्राएनपी–आईआर बीबीबी (ट्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीले समयमै वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको बुझाउँछ।

इन्स्योरेन्स सञ्चालक समितिको पुस २९ गते बुधबार सम्पन्न ५६ औँ बैठकले आव २०७५/७६ को साधारण सभा फागुन २ गते आइतबार आम्रपाली ब्यांक्वेट, दिउँसो ३ बजे नक्सालमा आह्वान गरेको छ ।

सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्ताव सहित आव २०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा आव २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी अनुमोदन गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ६ माघ २०७७, मंगलबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।