साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से २९.५२ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ३६१ दशमलव ९९ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ५० कम्पनीका २२ हजार १५ कित्ता शेयर १ करोड ४३ लाख ५९ हजार १६९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया