महिला सहयात्रा लघुवित्त ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्त सञ्चालक समितिको माघ ७ गते सम्पन्न १२२ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्रब बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
हाल लघुवित्त कम्पनीको चुक्ता पूँजी १३ करोड ३१ लाख रहेको छ । प्रस्तावित १ करोड ३३ लाख १० हजार रुपैयाँ बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी १४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७५/७६ बाट लघुवित्तले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद गरी कुल १७.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया