
इन्फिनिटी लघुवित्त वित्तीय संस्था (ILBS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरणगर्न प्रस्ताव गरेको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।
लघुवित्तको सञ्चालक समितिको पुस २७ गते सम्पन्न बैठकले माघ २४ गते गते शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय गैँडाकोट नवलपुरमा आह्वान गरेको चौंथो साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ ९ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार माघ ८ गते बिहिबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनिले मात्र लाभांश र साधारण सभामा उपस्थित जनाउन पाउनेछन् ।
लघुवित्तको सभाले आ.व. २०७६र०६६ को मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
त्यस्तै संस्थाले एक वा एकभन्दा बढी उपयुक्त संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति हुन जाने प्रयाजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने लगाएतका प्रस्तावहरु पारित गर्नेछ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना माहामारीका कारण भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न गर्ने जनाइएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया